नेपाल उद्योग व्यापार महासंघ (FNIC) को आयोजनामा नेपाल सरकारद्वारा प्रस्तुत आ.व. २०८३/८४ को बजेटसम्बन्धी समीक्षा कार्यक्रम || प्रेस नोट || नेपाल उद्योग व्यापार महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन Day 1 || Fnic Report || नेपाल उद्योग व्यापार महासंघ FNIC द्वारा आयोजित “बृहत रक्तदान कार्यक्रम” || उघोग व्यापार महासंघको स्थापना दिवसमा बालगृहलाई फलफूल र स्टेशनरी सामग्री वितरण || नेपाल उद्योग व्यापार महासघंको चौथो स्थापना दिवस || सुचना || नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न [News Video] || नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न [Video] ||

About Us


नेपाल उद्योग व्यापार महासंघ नेपालको उद्योगी र व्यवसायीहरुकोे छाता संस्था हो । लघु , घरेलु , सानाठुला उद्योग र वाणिज्य क्षेत्रहरु राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हुन । उद्योग तथा वाणिज्य क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप राष्ट्रिय उद्योगी व्यवसायीहरुको मिति २०७९/३/१० गते सम्पन्न भएको भेलाले महासंघ निर्माण गर्नुपर्ने आवश्यकताको महशुस गरी “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औधोगिकरण तथा व्यापार विविधिकरण” मूल नाराका साथ सातै वटै प्रदेशको सहभागिता हुनेगरी १७ वटा संस्थापक संस्थाहरुको आवद्धतामा २०७९/०३/३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई स्थापना भएको नेपाल उद्योग व्यापार महासंघ गैर–नाफामुलक, गैर–राजनीतिक, गैर–सरकारी तथा सामाजिक व्यापार सदस्यता संस्था हो । नेपालभर यस महासंघको संजाल रहेको छ । प्रदेश समिति, जिल्ला समिति, नगर समिति र गाँउपालिका समितिहरु यस महासंघको मातहतमा रहि आङ्खना व्यवसायिक हकहितका लागि कार्यहरु गर्दै आईरहेका छन् । यस संस्थाले व्यवसायी तथा उद्योगीेहरुको हक र हितको रक्षा गर्दै देशमा व्यापार तथा उद्योगको प्रवद्र्धनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । यो संस्थाले देशभरीका उद्योगी व्यावसायीहरुको व्यवस्थापन एवं सुरक्षा गर्दै नेपाल सरकारलाई आवश्यक लविङ, सुचना, सल्लाह , वकालत, परामर्श , प्रवद्र्धन गर्र्दै नेपाल सरकारका सम्वन्धित निकायमा आफ्नो प्रतिनिधित्व गर्दछ ।