आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्रमा मिति २०८० पौष १६ गते आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत/कर अधिकृत, स्थानीय निकायका जनप्रतिनिधि, नीजि क्षेत्रका प्रतिनिधि , नेपाल प्रहरी, महानगर प्रहरी लगायत सम्मिलित अवैध मदिरा नियन्त्रण समितिको वैठकले तपसिल वमोजिमको निर्णय गरेकोले पौष मसान्त भित्र देहाय वमोजिमका कार्यहरु गर्नु÷गराउनुहुन काठमाडौं वडा नं १० र ३१ अन्तर्गतका मदिराजन्य कारोवार गर्ने व्यवसायीहरु र देशैभरका व्यवसायी तथा सरोकारवाला सवैमा जानकारी गराईन्छ ।
– घरेलु मदिरा विक्रि वितरण रोक्ने
– IRD Serial Number नभएका , स्टिकर नटासिएका मदिरा विक्रि वितरण रोक्ने
अन्तशुल्क ईजाजत लिएका तर नविकरण नगरेका व्यवसायिहरुले अनिवार्य रुपमा अन्तुल्क नविकरण गर्ने÷गराउने
द्रव्यष्ट : तोकिएको समय सिमा भित्र माथिका कार्यहरु नभएको पाईएमा कानुन वमोजिम हदैसम्मको सजाए हुने भएकोले हामि सम्पुर्ण व्यवसायीहरुमा समयमै सचेत रहन हार्दिक अनुरोध गर्दछौं ।