About Us

Welcome to FNIC website !


नेपाल उद्योग व्यापार महासंघ नेपालको उद्योगी र व्यवसायीहरुकोे छाता संस्था हो । लघु , घरेलु , सानाठुला उद्योग र वाणिज्य क्षेत्रहरु राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हुन । उद्योग तथा वाणिज्य क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप राष्ट्रिय उद्योगी व्यवसायीहरुको मिति २०७९/३/१० गते सम्पन्न भएको भेलाले महासंघ निर्माण गर्नुपर्ने आवश्यकताको महशुस गरी “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औधोगिकरण तथा व्यापार विविधिकरण” मूल नाराका साथ सातै वटै प्रदेशको सहभागिता हुनेगरी १७ वटा संस्थापक संस्थाहरुको आवद्धतामा २०७९/०३/३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई स्थापना भएको नेपाल उद्योग व्यापार महासंघ गैर–नाफामुलक, गैर–राजनीतिक, गैर–सरकारी तथा सामाजिक व्यापार सदस्यता संस्था हो । नेपालभर यस महासंघको संजाल रहेको छ । प्रदेश समिति, जिल्ला समिति, नगर समिति र गाँउपालिका समितिहरु यस महासंघको मातहतमा रहि आङ्खना व्यवसायिक हकहितका लागि कार्यहरु गर्दै आईरहेका छन् । यस संस्थाले व्यवसायी तथा उद्योगीेहरुको हक र हितको रक्षा गर्दै देशमा व्यापार तथा उद्योगको प्रवद्र्धनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । यो संस्थाले देशभरीका उद्योगी व्यावसायीहरुको व्यवस्थापन एवं सुरक्षा गर्दै नेपाल सरकारलाई आवश्यक लविङ, सुचना, सल्लाह , वकालत, परामर्श , प्रवद्र्धन गर्र्दै नेपाल सरकारका सम्वन्धित निकायमा आफ्नो प्रतिनिधित्व गर्दछ ।      

Khimnarayan Parajuli

Khimlal Bhandari

President

Khimnarayan Parajuli

Khemnarayan Parajuli

General Secretary

shankar bhandari

TR Bhandari ( Shankar )

Treasurer

Message from President
Message from President

उद्योग तथा व्यवसाय क्षेत्रलाई अझबढी परिणाममुखी वनाउन विभिन्न शिपमूलक तालिम, अनुसन्धान तथा अध्ययन अध्यापन कार्यक्रमहरु संचालन गर्नुपर्ने देखिन्छ...


साघुँरिदै गएको विश्व अर्थ व्यवस्था र त्यसले सिर्जना गरेका चुनौतीहरुलाई समना गर्न उद्योगि व्यवसायीहरुको पेशागत हक अधिकारको संरक्षण र संवद्र्धन गर्न विधिवत रुपमा दर्ता भएका व्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले नेपाल उद्योग व्यापार महासंघको स्थापना भएको हो । “समृद्ध नेपाल” निर्माणको लागि राष्ट्रिय औद्योगिकरण एवं व्यापार विविधिकरण गर्न क्रियाशिल रहने गरि व्यवसायिक प्रतिष्ठान एवं संघ संस्थाहरुलाई एकै ठाउँमा आवद्ध गर्दै राष्ट्रको सर्वाङ्गिण एवं समग्र आर्थिक विकासका निमित्त साझा नीति तथा कार्यक्रमबाट अगाडि बढनु आजको आवश्यकता हो । समान उद्देश्य र प्रकृतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्वन्ध स्थापित गर्दै नीजि क्षेत्रबाट हुने लगानीको कर्ताहरुको हितको संरक्षण र प्रवद्र्धन गर्नु प्रमुख चुनौति…

Checkout Upcoming Events


Success depends upon previous preparation, and without such preparation, there is sure to be failure.

  • Update with Latest Update of FNIC
  • Read More FNIC Publication and News
  • Quick Contact with Us

Associate Members