उघोग व्यापार महासंघको स्थापना दिवसमा बालगृहलाई फलफूल र स्टेशनरी सामग्री वितरण
नेपाल उद्योग व्यापार महासघंको चौथो स्थापना दिवस नेपालका ७ वटै प्रदेशमा मनाइएको छ। चौथो स्थापना दिवसको अवसरमा उघोग व्यापार महासंघले बालगृहलाई फलफूल तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौको तारेकेश्वर–३ स्थित मातृ नेपाल बालगृहमा फलफूल तथा स्टेशनरी सामग्री वितरण गरिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठले फलफूल र स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सामाजिक संस्था आई टु आई नेपालले नगद सहयोग गरेको छ । कार्यक्रम महासघंका वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष तुलसीराम भन्डारीको स्वागत र उपमहासचिव गीता पनेरुको सन्चालनमा सम्पन्न भएको थियो।