नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा सम्पन्न
काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा सम्पन्न भएको छ। महासंघका अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षता र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा पुष २१ गते शनिबार सम्पन्न साधारणसभा अर्थतन्त्रको वर्तमान अवस्था र महासंघको वार्षिक प्रतिवेदन उपर छलफल सम्पन्न गरेको हो।