उद्देश्य

उद्देश्य


“समृद्ध नेपाल” निर्माणको लागि राष्ट्रिय औद्योगीकरण एवं ब्यवसाय बिबिधिकरण गर्न क्रियाशिल रहने गरि प्रचलित कानुनको अधिनमा रहि यस महासंघको विधान बमोजिम निम्न उद्देश्य हुनेछ ।
क. नेपालको विविध क्षेत्रमा संचालनमा रहेका राष्ट्रिय उद्योग, बाणिज्य र व्यवसाय तथा व्यवसायिक प्रतिष्ठान एवं संघ संगठनहरुलाई एकै ठाउँमा आबद्ध गरी राष्ट्रको सर्वाङ्गिण एवं समग्र आर्थिक विकासका निमित्त साझा नीति तथा कार्यक्रमबाट अगाडि वढ्न र बढाउन क्रियाशील रहने ।
ख. नेपालमा राष्ट्रिय उद्योग, वाणिज्य तथा व्यवसायका क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गरी परिस्थिति अनुकूल नीति अवलम्बन गर्ने गराउने तर्फ पहल गर्ने ।
ग. औद्योगिक प्रतिष्ठानहरुमा रोजगारदाता र रोजगारकर्र्मी बीचमा समधुर सम्बन्ध कायम गर्न र राष्ट्रिय हितमा राष्ट्रिय उद्योग वाणिज्य तथा व्यवसायको क्षेत्रलाई अगाडि बढाउन क्रियाशिल हुने ।
घ. उद्योग तथा व्यवसायको क्षेत्रमा उपयुक्त लगानीको वातावरण सिर्जना गर्ने ÷गराउने ।
ङ. स्थानिय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदर्शनी, व्यापार मेला जस्ता कार्यक्रम आयोजना गरी गुणस्तरीय स्वदेशी उत्पादनहरुको प्रवद्र्धन गरेर स्वाबलम्बी अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार तथा सम्बन्धित पक्षसंग आवश्यक सहकार्य गर्ने र रुग्ण उद्योगहरुको पुनःस्थापना गर्न प्रयत्न गर्ने ।